विद्युत प्राधिकरणले डिमाण्ड चार्जको शुल्क परिमार्जन गरेसँगै सुन्दर यातायातको आन्दोलन स्थगित
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र सुन्दर यातायातबीचको विवाद तत्कालका लागि टरेको छ । सार्वजनिक यातायातमा विद्युतीय सवारी सञ्चालन गर्दै आइरहेको सुन्दर यातायातले विद्युत प्राधिकरणले सवारी चार्जिङमा डिमाण्ड चार्जका साथै अनावश्यक बिल पठाएर हैरान पारेको भन्दै गत आइतबार आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
चार्जिङ स्टेसनमा तोकिएको सुल्क मात्र लिन र डिमाण्ड चार्ज हटाउन माग गरेको सुन्दर यातायातले २४ घण्टा भित्र माग सम्बोधन गर्न भन्दै चार्जिङ स्टेसनसँगै यातायात सेवा नै बन्द गर्ने घोषणा गरेको थियो ।
तर, विद्युत प्राधिकरणले माघ २३ गते सोमबार आन्दोलनरत पक्षसँग वार्ता गरी तीन दिन भित्र चार्जिङ स्टेसनको लागि विशेष समिति गठन गर्ने, हाल सुन्दर यातायातको नाममा रहेको बिलमा संशोधन गरी पुनः बिल पठाउने र अब उपरान्त बिलमा अतिरिक्त सुल्क नलगाउने सहमति भएपछि यातायातले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो ।
गत माघ, २०७९ को बिलमा एटी–चार्जिङ स्टेसन (डिमाण्ड चार्ज प्रति केभी २०० रुपैयाँ र प्रतिकिलोवाट (युनिट) ५ रुपैयाँ ७५ पैसा हुनुपर्नेमा अन्यथा भएकोमा त्यसलाई संशोधन गरि पठाइएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण