महानगरले भत्कायो मैतीदेवीको प्रहरी
मङ्गलबार, २४ माघ २०७९, १४ : ५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ ।
मंगलबार महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो ।
महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामानहरू सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको छ ।
मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो ।
सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ ।