प्रदेश १ : प्रदेशको नामाकरण टुंगिनेमा प्रमुख खापुङको विश्वास
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ को नामाकरणको विषय यही कार्यकालमा टुंगिने विश्वास व्यक्त गरेका छन् ।
प्रदेशसभालाई पहिलो पटक मंगलबार सम्बोधन गर्दै उनले आम जनचासोको विषय रहेको भन्दै नामाकरणको विषय टुंगो लाग्ने विश्वास व्यक्त गरेका हुन् ।
‘अत्याधिक जनचासो र जनअपेक्षाको विषय नामाकरण रहेको हुँदा उच्च प्राथमिकतामा राख्न यो प्रदेशसभा सक्षम हुने विश्वास व्यक्त गर्दछु,’ उनले भने । खापुङले समृद्ध प्रदेश निर्माणमा अधिकतम प्रयास गर्नुपर्ने अवस्था रहेको बताउँदै प्रदेशको प्राथमिकता पर्यटन, कृषि, सिँचाइ, उद्योगलगायतको पूर्वाधार निर्माणमा हुनुपर्नेमा जोड दिए ।
उनले प्रदशेसभाको प्रमुख काम कानुन निर्माण रहेको भन्दै वस्तुनिष्ठतापूर्वक कानुन निर्माण गरेमा बनाएका कानुन संशोधन गरिरहनु पर्ने आलोचनाबाट मुक्त हुने पनि बताए ।
‘एकात्मक शासन व्यवस्थाको अन्त्य गरी संघीय शासन प्रणाली अवलम्बन गरिसकिएको अवस्थामा एक सदनात्मक व्यवस्थाभित्रको व्यवस्थापिकाले संविधानले दिएका एकल अधिकार र साझा अधिकारमा कानुन निर्माण गर्ने तथा सरकारलाई संसदीय निगरानी गर्ने महत्वपूर्ण काम रहेको छ,’ उनले भने, ‘यसमा खरो रुपमा उपस्थिति हुने कुरामा विश्वास व्यक्त गर्दछु ।’
खापुङको सम्बोधनसँगै प्रदेशसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि बसेको आजको दोस्रो प्रदेशसभा बैठकले प्रदेशसभामा सम्बोधन गरेका खापुङलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव पारित गरेसँगै प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । प्रदेश १ को प्रदेशसभाको सातौं बैठक सकिँदासम्म सरकारले बिजनेस दिएको छैन । जसका कारण प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण