राष्ट्रियसभा उपनिर्वाचनपछि लुम्बिनी प्रदेश सरकार विस्तार हुने
बुटवल । राष्ट्रिय सभाको उपचुनाव लगत्तै लुम्बिनी प्रदेश सरकार विस्तार गर्ने तयारी भएको छ । निर्वाचनपछि सरकार विस्तार गर्नको मुख्यमन्त्री लीला गिरीले सत्ता साझेदार दलका नेताहरूसँग भेटघाट गरेका छन् ।
साता रहेका दलहरुसँगै प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीका बीचमा पनि भेटघाट भएको छ । सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलहरूसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री गिरीले पहिलो निर्णय नै मन्त्रालयको सङ्ख्या घटाउने गरी प्रदेशमा १० मन्त्रालय रहनेछन् । अहिले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री गिरी,एमालेका चेतनारायण आचार्य माओवादीकी कृष्णा केसी मात्रै रहेका छन् ।
उनीहरूलाई विना विभागीय मन्त्रीको रूपमा राखिएको छ ।यसअघि माओवादी दलका नेता जोखबहादुर महरा मातृ शोकमा परेका कारणले केही दिन रोकिएको राष्ट्रिय सभाको एक सिटका लागि हुने चुनाव बुधबार घोराहीमा हुनेछ ।
एमालेबाट कुमार दसौदी, काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण