शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाग्म–गमगडी सडकको ६  किलोमिटर कालोपत्रे गरिँदै

बुधबार, २५ माघ २०७९, ०७ : ३७
बुधबार, २५ माघ २०७९

जुम्ला । नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ। चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे गरिने भएको हो। 

९३ किलोमिटर दुरी रहेको नाग्म–गमगडी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे ६ किमी सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले बताए। फागुन पहिलो हप्ताबाट कालोपत्रेको काम सुरु हुने छ ।

उनका अनुसार हाँटसिंजा गुठिज्युलादेखि मालिका बोतासम्म, नाला निर्माण कङ्क्रिट ढलान, पर्खाल निर्माण लगायत स्टक्चरको काम हुने भएको हो। इन्जिनियर चौलागाईले भने पहिलो चरणमा साढे ६ किलोमिटर सडक कालोपत्रे हुने छ । टेन्डर भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेश समेत भइसकेको छ। थोदुङ बाचन जेभी कम्पनी’ले कालोपत्रेको ठेक्का पाएको छ । 

निर्माण कम्पनीले चालु आवकै असार मसान्त भित्र कालोपत्रे सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईले बताए। नाली निर्माण, पक्की पर्खाल निर्माण, कङ्क्रिट ढलानका साथै कालोपत्रेको काम हुने छ। नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि ४० करोड खर्चिने भएको छ । 

निर्माण व्यवसायीसँग कालोपत्रेका लागि ४० करोडको ठेक्का सम्झौता भएको छ । कालोपत्रेसँगै अन्य नाला निर्माण कङ्क्रिट ढलान,पर्खाल निर्माण लगायतका कामहरू हुने छन् । पहिलो चरणमा ४० करोड लागतमा साढे ६ किमी सडक कालोपत्रे भए पनि समग्र ९३ किमी नै सडक कालोपत्रेका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप