नाग्म–गमगडी सडकको ६ किलोमिटर कालोपत्रे गरिँदै
जुम्ला । नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ। चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे गरिने भएको हो।
९३ किलोमिटर दुरी रहेको नाग्म–गमगडी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे ६ किमी सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले बताए। फागुन पहिलो हप्ताबाट कालोपत्रेको काम सुरु हुने छ ।
उनका अनुसार हाँटसिंजा गुठिज्युलादेखि मालिका बोतासम्म, नाला निर्माण कङ्क्रिट ढलान, पर्खाल निर्माण लगायत स्टक्चरको काम हुने भएको हो। इन्जिनियर चौलागाईले भने पहिलो चरणमा साढे ६ किलोमिटर सडक कालोपत्रे हुने छ । टेन्डर भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेश समेत भइसकेको छ। थोदुङ बाचन जेभी कम्पनी’ले कालोपत्रेको ठेक्का पाएको छ ।
निर्माण कम्पनीले चालु आवकै असार मसान्त भित्र कालोपत्रे सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईले बताए। नाली निर्माण, पक्की पर्खाल निर्माण, कङ्क्रिट ढलानका साथै कालोपत्रेको काम हुने छ। नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि ४० करोड खर्चिने भएको छ ।
निर्माण व्यवसायीसँग कालोपत्रेका लागि ४० करोडको ठेक्का सम्झौता भएको छ । कालोपत्रेसँगै अन्य नाला निर्माण कङ्क्रिट ढलान,पर्खाल निर्माण लगायतका कामहरू हुने छन् । पहिलो चरणमा ४० करोड लागतमा साढे ६ किमी सडक कालोपत्रे भए पनि समग्र ९३ किमी नै सडक कालोपत्रेका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण