बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् बैठक चुनावी सभाजस्तो हुन थाल्यो : नेता पौडेल

बुधबार, २५ माघ २०७९, १२ : ४०
बुधबार, २५ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद् ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणी गरेका छन् । 

बुधबार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू पहिलो पटक सङ्घीय संसद्मा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद् हो कि चुनावी सभा छुट्टाउन गाह्रो भइरहेको बताए । 

नेता पौडेलले संसद्मा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरूले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले संसद्मा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखी नेताहरूले बोल्ने गरेकोमा पनि आपत्ति जनाए । 

नेता पौडेलले मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप