माओवादीले अखिल क्रान्तिकारीको आयोजक समिति निर्माण गर्ने, समानान्तर गतिविधिमा रोक
बुधबार, २५ माघ २०७९, २१ : २२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन गरिने भएको छ । माओवादी केन्द्रले विद्यार्थी मोर्चामा समस्या देखिएको भन्दै त्यसलाई हल गर्न पञ्चा सिंह नेतृत्वको कार्यसमितिलाई विघटन गर्ने भएको हो ।
माओवादी केन्द्रका एक नेताले छिट्टै बैठक राखेर केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियू चुनावमा लाग्ने हालै सम्पन्न स्थायी कमिटी बैठकले निर्णय गरेको बताए । स्ववियू चुनाव पछाडी राष्ट्रिय सम्मेलन गर्ने तथा समानान्तर संगठन र गतिविधि गर्न रोक लगाइएको उनले बताए । हाल पवन कार्की समूहले सिंहको नेतृत्वलाई अस्वीकार गर्दै समानान्तर गतिविधि गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ
-
पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या
-
भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
-
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
-
नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते
-
मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन गर्न आयोगको माग