मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

बिहीबार, २६ माघ २०७९, १० : ५०
बिहीबार, २६ माघ २०७९

काठमाडौँ ।  अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा करोबार भएको छापावाला सुन आज १ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा ५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार ३२० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप