विजय लघुवित्तले २० प्रतिशत बोनस दिने
बिहीबार, २६ माघ २०७९, ११ : २२
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
लघुवित्तको १५६औं सञ्चालक समितिको बैठकबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो । २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण हुने छ ।
यस्तै, १.०५२६ प्रतिशतका दरले हुन आउने ३३ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव सञ्चालक समितिको छ । यो प्रस्ताव लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण