विजय लघुवित्तले २० प्रतिशत बोनस दिने
विहीबार, २६ माघ २०७९, ११ : २२

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
लघुवित्तको १५६औं सञ्चालक समितिको बैठकबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो । २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण हुने छ ।
यस्तै, १.०५२६ प्रतिशतका दरले हुन आउने ३३ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव सञ्चालक समितिको छ । यो प्रस्ताव लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।