वर्षाको ‘ए साथी सुन’ चैत्रमा
बिहीबार, २६ माघ २०७९, १४ : १५
काठमाडौँ । फिल्म ‘ए साथी सुन’ अगामी चैत १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । वितरकसँगको छलफलबाट फिल्म सो मितिमा आउन लागेको हो । फिल्म राजराघव आचार्यले निर्देशन गरेका हुन् ।
फिल्ममा वर्षा सिवाकोटी, रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय छ । लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्मको वितरण आरआर डिष्ट्रिब्युसनले गर्न लागेको हो ।
कोरोना महामारीअघि नै निर्माण भएको फिल्म विना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, कुमार महर्जनको एक्सन रहेको फिल्मको फस्टलुक पोस्टर र टिजर केही दिनमा सार्वजनिक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण