अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
मस्को । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृढतापूर्वक अस्वीकार गरेको छ ।
रुसी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ, 'रुसी पक्षले नयाँ स्टार्टका प्रावधानहरूसँग हाम्रो देशको 'अनुपालन नगरेको' सम्बन्धमा अमेरिकी प्रतिनिधिहरूले गरेको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गर्दछ ।'
संयुक्त राज्य अमेरिकाले रुसलाई अमेरिकी भूमिमा निर्बाध निरीक्षण गर्ने सबै अवसरहरूमाथि प्रतिबन्ध लगाएको छ, जसले गर्दा सन्धिको उल्लङ्घन भएको छ।
यो सन्धि अविभाज्य सुरक्षाको सिद्धान्त र पारस्परिक विश्वास, खुलापन र भविष्यवाणीको आधारमा रणनीतिक सम्बन्ध निर्माण गर्ने अवधारणाद्वारा निर्देशित भए पनि संयुक्त राज्य अमेरिकाका नीतिहरू आफेमा विरोधाभाषपूर्ण छन् ।
'रुसी पक्षले अन्तर्राष्ट्रिय सुरक्षा र स्थायित्व कायम राख्नको लागि एक उपकरणको रूपमा स्टार्टप्रति आफ्नो अटल प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ,'विज्ञप्तिमा भनिएको छ ।
नयाँ स्टार्ट अनुसार दुई आणविक महाशक्तिहरू बीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धिलाई दुई देशको सहमतिमा अधिकतम पाँच वर्षसम्म लम्ब्याउन सकिन्छ।
रुस र संयुक्त राज्य अमेरिकाले सन् २०२१ फेब्रुअरी ३ मा आधिकारिक रूपमा पाँच वर्षको लागि सन्धि विस्तार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण