शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यूनियन लाइफ इन्स्योरेन्सले ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव

बिहीबार, २६ माघ २०७९, १५ : ३८
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनश दिने निर्णय गरेको छ । बिहीबार भैरहवामा सम्पन्न साधारण सभाले आर्थिक बर्ष २०७७।७८ को लागि सो बोनश शेयर दिने निर्णय गरेको हो ।  बोनश शेयर वितरण गर्दा लाग्ने कर वापतको रकम भने शेयरधनी स्वयंले भुक्तानी गर्नु पर्ने कम्पनीको भनाइ छ । 

सो साधारण सभाले कम्पनीको हालको शेयर संरचना बमोजिम कायम रहेको चुक्ता पूंजी अनुरुप संस्थापक समूह तर्फको ७० प्रतिशत शेयर मध्ये १९ प्रतिशत शेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक संझौता पत्र, कम्पनीको शेयर रोक्का राख्ने गरी भएको निर्णय, कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्यांकन कार्य  गर्न लेखापरीक्षक÷परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु समेत सभाले अनुमोदन गरेको छ । त्यस्तै सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । साथै कम्पनी ऐन बमोजिम आ.व. २०७७।७८ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप