पारस खड्का बने हेल्थ एट होमको सद्भावना दूत
बिहीबार, २६ माघ २०७९, १६ : ३०

काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का हेल्थ एट होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दूतका रूपमा आबद्ध बनेका छन् ।
खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले सद्भावना दूतका रूपमा आबद्ध गराएका हुन् । हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो ।
सद्भावना दूतका रूपमा आबद्ध गराइसकेपछि हेल्थ एट होमका संस्थापक विशाल ढकालले भने, “हामी उहाँको समर्थन प्राप्त गर्न पाउँदा भाग्यशाली ठानेका छौँ । जब मैले सोधेँ की, यदि उहाँले हाम्रो लागि प्रशंसा र प्रवर्द्धन गर्न सक्नुहुन्छ ? उहाँ आफै आएर हाम्रो कामको समर्थन गर्नुभयो र हाम्रो टिमको लागि समय उपलब्ध गराइदिनुभयो । पारसले पारिश्रमिक वा बिना सम्झौता हाम्रो सद्भावना दूतको रूपमा यो भूमिका लिनुभएको छ । उहाँ दयालु र नम्र हुनुहुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
-
तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान