पारस खड्का बने हेल्थ एट होमको सद्भावना दूत
बिहीबार, २६ माघ २०७९, १६ : ३०
काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का हेल्थ एट होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दूतका रूपमा आबद्ध बनेका छन् ।
खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले सद्भावना दूतका रूपमा आबद्ध गराएका हुन् । हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो ।
सद्भावना दूतका रूपमा आबद्ध गराइसकेपछि हेल्थ एट होमका संस्थापक विशाल ढकालले भने, “हामी उहाँको समर्थन प्राप्त गर्न पाउँदा भाग्यशाली ठानेका छौँ । जब मैले सोधेँ की, यदि उहाँले हाम्रो लागि प्रशंसा र प्रवर्द्धन गर्न सक्नुहुन्छ ? उहाँ आफै आएर हाम्रो कामको समर्थन गर्नुभयो र हाम्रो टिमको लागि समय उपलब्ध गराइदिनुभयो । पारसले पारिश्रमिक वा बिना सम्झौता हाम्रो सद्भावना दूतको रूपमा यो भूमिका लिनुभएको छ । उहाँ दयालु र नम्र हुनुहुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण