सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज

शुक्रबार, २७ माघ २०७९, ०६ : २२
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बिहान बस्ने भएको छ । यसअघि बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक  स्थगित गरिएको थियो।

बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिएका थिए ।  

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप