असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
सोमबार, ०२ असार २०८२, २० : २४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले असार २२ गतेका लागि सभा (सिनेट) बोलाएको छ । त्यसका लागि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले अनुमति दिएका हुन् । उक्त सभामा त्रिविको नीति तथा कार्यक्रम र बजेट पेस गरिने उपकुलपति प्राडा खड्क केसीले जानकारी दिए ।
त्रिविले चालु आर्थिक वर्षका लागि २६ अर्ब १६ करोड ८७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमा नियमित कार्यक्रमतर्फ चालू र पुँजीगत रूपमा १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार बजेट छुट्याएको थियो ।
आन्तरिकतर्फ चालू तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा एक अर्ब पाँच करोड छुट्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण