सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी

सोमबार, ०२ असार २०८२, १० : ५५
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे।
  • उनले वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाए, र माओवादी केन्द्रको सरकार ढालेको आरोप लगाए।
  • श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरू छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश बनाउन जनताले फेरि एक पटक नेकपा (माओवादी केन्द्र) लाई बहुमत दिनुपर्ने बताएका छन् । 

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए । 

पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको उनले दाबी गरे । उनले भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप समेत लगाए । उनले अहिलेको सरकार भ्रष्ट र निरङ्कुश सरकार रहेको जिकिर गरे । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरू रोक्ने प्रयत्न भइरहेको सो क्रममा बताए ।  सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो पूरा गर्न दबाब दिनुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप