माओवादीले कसरी मनाउँदै छ जनयुद्ध दिवस ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन १ गते देशैभर जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते दीर्घकालीन जनयुद्धमा जाने उद्घोष गरेको दिनलाई हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ ।
माओवादीबाट विभाजित भएका पार्टीहरुले समेत आगामी फागुन १ गते २८ औँ जनयुद्ध दिवस मनाउँदै छन् । मूल पार्टी माओवादी केन्द्रले फागुन १ गते केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा भव्य कार्यक्रमको आयोजना गर्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए ।
‘हामी फागुन १ गते बिहान ८ बजे जनयुद्ध दिवस मनाउने निर्णय गरेका छौँ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड कमरेड आउनुहुने छ’ ढकालले भने,‘कार्यक्रममा प्रचण्ड कमरेडले सम्बोधन गर्नुहुने छ । एक आपसमा शुभकामना आदानप्रदान गर्ने छौँ । जनयुद्धले ल्याएका परिवर्तनलाई संस्थागत गर्दै जाने विषयमा बहस छलफल गर्ने छौँ ।’
माओवादीले फागुन १ गते आ–आफ्नो अनुकूलतामा प्रदेश, जिल्ला र पालिकामा जनयुद्ध दिवस मनाउन सर्कुलर जारी गरिएको ढकालले बताए । ‘केन्द्रमा पार्टी कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवस कार्यक्रम मनाउने छौँ । अरु प्रदेश, जिल्ला र स्थानीय तहमा आ आफ्नो अनुकूलतामा जनयुद्ध दिवस मनाइने छौँ’ ढकालले भने, ‘पार्टीको आ आफ्नो आवश्यकतामा सभा, सम्मेलन, गोष्ठी, कविता, खेलकुद लगायत रचनात्मक क्रियाकलाप गर्ने छौँ ।’
यस्तै कर्णाली प्रदेश र बाग्मती प्रदेशले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १ गते जनयुद्ध दिवस ा मनाउन सार्वजनिक बिदा दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख