मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा सिरक उद्योगमा आगलागी

शुक्रबार, २७ माघ २०७९, १४ : ३४
शुक्रबार, २७ माघ २०७९

सल्यान । सल्यानमा सिरक डसना उद्योगमा आगलागी भएको छ । जिल्लामा रहेको खरवारिमा लगाएको आगो बागचौर नगरपालिका २ बजारमा रहेको फैलियो सिरक डसना उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । गाउँले खरवारिमा लगाएको आगो फैलिएर उद्योगमा सल्किएको स्थानीय बामदेव केसीले जानकारी दिए । 

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याएको छ । आगलागीबाट क्षतिको विवरण भने आएको छैन । क्षति विवरण प्रहरीले संकलन गरिरहेको केसीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप