संसद्मा राष्ट्रपतिको सम्बोधनपछि कसले के भने ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार संसद्को दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनुपर्ने बताएका हुन् ।
उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । उनले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रिय सहमति हुनु आवश्यक रहेको उल्लेख गरे ।
त्यस्तै माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर साहीले राष्ट्रपतिमा कस्तो व्यक्ति उभ्याउँदा सबै एक ठाउँमा आउन सकिन्छ भनेर छलफल चलिरहेको बताए । उनले राष्ट्रपति राष्ट्रप्रति प्रतिबद्ध व्यक्ति हुनुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टी, नेपालका नेता अशोक राईले आफूहरू सत्तारुढ गठबन्धन भित्र नरहेको बताए । सरकारलाई समर्थन गरेपनि आफूहरू गठबन्धनमा सामेल नभएको उनले स्पष्ट पारे ।
उनले सरकार सँग आफूहरुको कुनै माग नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण