बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद‍्मा राष्ट्रपतिको सम्बोधनपछि कसले के भने ?

शुक्रबार, २७ माघ २०७९, १८ : २२
शुक्रबार, २७ माघ २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार संसद्को दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनुपर्ने बताएका हुन् । 

उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । उनले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रिय सहमति हुनु आवश्यक रहेको उल्लेख गरे ।  

त्यस्तै माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर साहीले राष्ट्रपतिमा कस्तो व्यक्ति उभ्याउँदा सबै एक ठाउँमा आउन सकिन्छ भनेर छलफल चलिरहेको बताए । उनले राष्ट्रपति राष्ट्रप्रति प्रतिबद्ध व्यक्ति हुनुपर्नेमा जोड दिए । 

जनता समाजवादी पार्टी, नेपालका नेता अशोक राईले आफूहरू सत्तारुढ गठबन्धन भित्र नरहेको बताए । सरकारलाई समर्थन गरेपनि आफूहरू गठबन्धनमा सामेल नभएको उनले स्पष्ट पारे । 

उनले सरकार सँग आफूहरुको कुनै माग नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप