राष्ट्रपतिमा ओलीले खोजे महन्थको साथ
काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा अोलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग आग्रह गरेका छन् ।
संसद् बैठकपछि आफूसँगै ठाकुरलाई बालकोटसम्म लगेका अध्यक्ष ओलीले छलफलका क्रममा राष्ट्रपतिको चुनावमा एमालेलाई सहयोग गर्न आग्रह गरेका हुन् । सो आग्रहमा अध्यक्ष स्पष्ट जवाफ भने दिएनन् ।
अध्यक्ष ठाकुरले भने, ‘ओलीजीले राष्ट्रपतिमा साथ दिनुस् भन्नुभयो, मैले सल्लाह गरौँला भनेर त्यहाँबाट निस्केँ।’ यस विषयमा अध्यक्ष ओलीसँग शनिवार पनि कुरा हुने बताउँदै अध्यक्ष ठाकुरले उनीहरूको गठबन्धनमै कुरा नमिलेको जस्तो आफूलाई लागेको बताए ।
सत्ता साझेदार दलबाट राष्ट्रपतिको उम्मेदवार को हुने भन्नेमा अझै स्पष्ट भएको छैन । प्रधानमन्त्री प्रचण्डले सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्दै आएका छन् भने अध्यक्ष ओलीले आफ्नो दलबाट बन्ने उम्मेदवारमै राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।
उसो त लोसपाले ठाकुरलाई नै राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्ने समेत बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण