सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित २ जनाविरुद्ध मुद्दा दायर

शुक्रबार, २७ माघ २०७९, २१ : १२
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको श्री लोकप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सुनिता रावलसहित २ जनाविरुद्ध रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार अध्यक्ष रावल र कर्णाली जनजागृति समाज नेपालका अध्यक्ष सदानन्द भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अध्यक्ष रावलले विद्यालयको पुस्तकालय निर्माण गर्दा आधिकारिक रुपमा दर्ता नै नभएको कर्णाली जनजागृति समाजसँग अनलाइन सम्झौता गरी रकम हिनामिना गरेको आरोप लगाएको छ । चिनजान नै नभएका भट्टराईलाई सम्झौतावापतको पैसा पठाएर भट्टराईले पुस्तकालय निर्माण नगरेको पुष्टि समेत भएको अख्तियारको आरोप छ ।

रावलले विद्यालय कोषको रकम हिनामिना गरेको बताउँदै अख्तियारले उनीमाथि २ लाख १५ हजार बिगो कायम गरी हिनामिना भएको रकम असुलउपर गर्न मागदावी समेत गरेको छ । त्यस्तै भट्टराईमाथि पनि अख्तियारले २ लाख १० हजार रुपैयाँ बुझेको र सो बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उनलाई हिनामिना भएको रकम असुल उपर गर्न मागदावी गरेको छ । 

रावल र भट्टराईलाई क्रमशः  भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ र  दफा ८ (४) बमोजिमको कसुर गरेको पुष्टि भएकोले सोही अनुसार कैद तथा बिगो बमोजिम जरिवाना समेत हुने आयोगले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप