अख्तियारद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित २ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको श्री लोकप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सुनिता रावलसहित २ जनाविरुद्ध रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार अध्यक्ष रावल र कर्णाली जनजागृति समाज नेपालका अध्यक्ष सदानन्द भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अध्यक्ष रावलले विद्यालयको पुस्तकालय निर्माण गर्दा आधिकारिक रुपमा दर्ता नै नभएको कर्णाली जनजागृति समाजसँग अनलाइन सम्झौता गरी रकम हिनामिना गरेको आरोप लगाएको छ । चिनजान नै नभएका भट्टराईलाई सम्झौतावापतको पैसा पठाएर भट्टराईले पुस्तकालय निर्माण नगरेको पुष्टि समेत भएको अख्तियारको आरोप छ ।
रावलले विद्यालय कोषको रकम हिनामिना गरेको बताउँदै अख्तियारले उनीमाथि २ लाख १५ हजार बिगो कायम गरी हिनामिना भएको रकम असुलउपर गर्न मागदावी समेत गरेको छ । त्यस्तै भट्टराईमाथि पनि अख्तियारले २ लाख १० हजार रुपैयाँ बुझेको र सो बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उनलाई हिनामिना भएको रकम असुल उपर गर्न मागदावी गरेको छ ।
रावल र भट्टराईलाई क्रमशः भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ र दफा ८ (४) बमोजिमको कसुर गरेको पुष्टि भएकोले सोही अनुसार कैद तथा बिगो बमोजिम जरिवाना समेत हुने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण