फेब्रुअरी १४ मा 'काउ हग डे' मनाउने अपिल फिर्ता
शनिबार, २८ माघ २०७९, ०७ : ११
नयाँ दिल्ली । चौतर्फी आलोचनापछि भारतको पशु कल्याण बोर्डले १४ फेब्रुअरीमा ‘काउ हग डे’ (गाईसँग अंगालो दिवस)मनाउने अपिल फिर्ता लिएको छ। बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै मत्स्यपालन, पशुपालन तथा दुग्ध मन्त्रालयको निर्देशनमा पशु कल्याण बोर्डले जारी गरेको अपिल फिर्ता लिएको जनाएको हो ।
बोर्डको यो अपिलको चौतर्फी आलोचना भएको थियो र विपक्षीहरूले वास्तविक मुद्दाबाट ध्यान हटाउन यसो गरिएको आरोप लगाएका थिए । टीएमसी सांसद महुआ मोइत्राले ट्वीट गरेकी थिइन्, 'अब सरकारले हाम्रो भ्यालेन्टाइन डेको लागि पनि योजना बनाएको छ।' हरेक वर्ष १४ फेब्रुअरीमा विश्वभर भ्यालेन्टाइन डे मनाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण