८८८ करोड कमाउँदै पठानले बनायो बलिउडमा नयाँ रेकर्ड
शनिबार, २८ माघ २०७९, १२ : १९

मुम्बई । शाहरुख खान अभिनीत पठानले बलिउडमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ ।
गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ ।
उक्त फिल्ममा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहम लगायतको भूमिका रहेको छ । उक्त फिल्मलाई समीक्षकहरूले ४।५ स्टारसम्म दिँदै ब्ल्कबस्टर सिनेमा भनेका छन् । बाइकट बलिउडबिरुद्ध लडेर पठानले खस्किदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरूको भनाइ छ । पछिल्लो समयमा बलिउडमासमेत दक्षिण भारतीय फिल्महरूले राज गरेको २०२२ लाई शाहरुखको पठानले उर्जा दिएको समीक्षकहरूले टिप्पणी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
-
एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’
-
सरकारले हामीलाई भन्दियोस्– राजा र हिन्दुराष्ट चाहिन्छ, सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ
-
चितवनमा ४२ वर्षीय पुरुषले छोरा र छोरीलाई धारिलो हतियार प्रहार गरे
-
हिमाल मानव जातिका साझा स्रोत हुन् : परराष्ट्रमन्त्री राणा
-
निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित