बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
इन्द्रदहमा तयार हुँदैछ उपराष्ट्रपतिको आवास
फोटोफिचर

इन्द्रदहमा तयार हुँदैछ उपराष्ट्रपतिको आवास

शनिबार, २८ माघ २०७९

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति चुनावको लागि निर्वाचन आयोगले तालिका सार्वजनिक गरेसँगै हाल कायम रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र नन्दबहादुर पुनको कार्यकाल सकिँदैछ । 

राष्ट्रपति आफ्नै निजी निवास मर्मत सम्भार गरेर चपलीको भंगालमा रहेको घरमा सर्ने तयारी गरिरहँदा कालुपाँडेको समाधि नजिकै उपराष्ट्रपतिको लागि आवास निर्माण भएको छ ।

भुइँ तलासहित ३ तलाको भवनको फिनिसिङ भइरहेको छ भने पानी र बिजुलीको व्यवस्थापन भइसकेको छ । काठमाडौँ उपत्यकाको रमणीय दृश्य हेर्न मिल्ने गरी घर निर्माण भएको छ । सूर्योदयदेखि सूर्यास्तसम्म उज्यालो हुने स्थानमा घर बनाइएको छ भने सुरक्षाका लागि दुई वटा आउटपोष्ट समेत निर्माण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया