अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटना, एक किशोरको मृत्यु
शनिबार, २८ माघ २०७९, १४ : ४२
अर्घाखाँची । पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि–८ पालीमा आज लु२त ९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
दुर्घटनामा चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शङ्करबहादुर कुमाल घाइते भएका छन् । उनीहरूलाइ उपचारका लागि पाल्पा पठाइएको छ । ट्र्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी एक सय ५० मिटर तल खसी दुर्घटना भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण