जसपासम्बद्ध बौद्धिक पेसाकर्मीको घोषणा जनकपुरमा हुने
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको गठन तयारी समिति बनेको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले ई. सीताराम साहको संयोजकत्वमा २३ सदस्यीय तयारी समिति गठन गरेको हो ।
समितिको सह संयोजकहरूमा डा. दिलिप यादव र मञ्जारुल अन्सारी छन् भने सचिवमा विनोद विश्वकर्मा रहेको छन् । समितिको सदस्यहरुमा पा.डा. काशीराज पाण्डे, डा. राजेशप्रसाद यादव, नवलकिशोर यादव, प्रीति रमन, सुरेन्द्र कुमार यादव, राधेश्याम विश्वकर्मा, केबी अधिकारी, सुर्य चौलागाई, रामनारायण राय यादव, सच्चितानन्द यादव, रुवि सिंह, स्मिता यादव, ई परशुनारायण यादव, मनोज यादव, शाहीमान राई, वीरेन्द्रप्रसाद यादव, शम्भु चौधरी, सत्यनारायण साह र वीरेन्द्र कुमार यादव रहेका छन् ।
भेलाले जनकपुरमा एक कार्यक्रम आयोजना गरी महासंघ र घटक संगठनको समिति घोषणा गर्ने निर्णय गरेको छ । तयारी समितिले घोषणाको मिति तय गर्ने छ ।
भेलाको प्रमुख अतिथि संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वा थिए भने विशेष अतिथि प्रचार विभाग प्रमुख पूर्ण बस्नेत थिए ।
डा. ृउमाशंकर साहको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मञ्जारुल अन्सारीले गरेका थिए भने डा. दिलिप यादवले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण