शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जसपासम्बद्ध बौद्धिक पेसाकर्मीको घोषणा जनकपुरमा हुने

शनिबार, २८ माघ २०७९, १८ : २१
शनिबार, २८ माघ २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको गठन तयारी समिति बनेको छ ।  शनिबार बालकुमारीमा आयोजित भेलाले ई. सीताराम साहको संयोजकत्वमा २३ सदस्यीय तयारी समिति गठन गरेको हो । 

समितिको सह संयोजकहरूमा डा. दिलिप यादव र मञ्जारुल अन्सारी छन् भने सचिवमा विनोद विश्वकर्मा रहेको छन् । समितिको सदस्यहरुमा पा.डा. काशीराज पाण्डे, डा. राजेशप्रसाद यादव, नवलकिशोर यादव, प्रीति रमन, सुरेन्द्र कुमार यादव, राधेश्याम विश्वकर्मा, केबी अधिकारी, सुर्य चौलागाई, रामनारायण राय यादव, सच्चितानन्द यादव, रुवि सिंह, स्मिता यादव, ई परशुनारायण यादव, मनोज यादव, शाहीमान राई, वीरेन्द्रप्रसाद यादव, शम्भु चौधरी, सत्यनारायण साह र वीरेन्द्र कुमार यादव रहेका छन् । 

भेलाले जनकपुरमा एक कार्यक्रम आयोजना गरी महासंघ र  घटक संगठनको समिति घोषणा गर्ने निर्णय गरेको छ । तयारी समितिले घोषणाको मिति तय गर्ने छ । 

भेलाको प्रमुख अतिथि संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वा थिए भने विशेष अतिथि प्रचार विभाग प्रमुख पूर्ण बस्नेत थिए । 

डा. ृउमाशंकर साहको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मञ्जारुल अन्सारीले गरेका थिए भने डा. दिलिप यादवले स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप