नेपाल र बङ्गलादेशबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्छ ः झाँक्री
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको बताएकी छिन् । विगत लामो समयदेखिको नेपाल बङ्गलादेशबिचको सम्बन्धलाई थप व्यावसायिक तथा सांस्कृतिक आदान प्रदान गर्नुपर्ने समेत उनले बताएकी हुन् ।
अभिवादन एक्सपिडिशन होलिडेजले आयोजना गरेको साउथ एसिया बिजनेस पार्टनरसिप र नेपाल बंगलादेश फ्रेण्डशिप सोसाइटिको कार्यक्रममा पूर्व मन्त्री झाँक्रीले नेपाल बंगलादेशका पुराना सम्बन्धहरूलाई बलियो बनाउनका लागि समुदाय समुदायबीचको साझेदारी गर्दै अगाडी बढ्दा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् । दुई देश बीचको व्यापार साझेदारीका लागि नेपालका विभिन्न कानुन बनाउनुपर्ने र कतिपय कानुन परिमार्जन गर्न आवश्यक रहेको बताइन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष दीपक निरौलाले दुई देश बीचमा आपसी सहकार्य गर्दै समझदारी गरेर विभिन्न काम गर्न सकिने बताए । उनले नेपाल कृषि तथा जडीबुटीको बजार रहेको बताउँदै जडीबुटीलाई बंगलादेशमा बजारीकरण गर्न सकिने धारणा राखे । दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्दै पर्यटकहरुपनि आदान प्रदान गर्न आवश्यक रहेको उनको भनाई थियो ।
साउथ एसिया बिजनेस पार्टनरसिपका अध्यक्ष गोलाम फारुक मजनुले पर्यटन तथा व्यापारिक सम्बन्ध अझ मजबुत बनाउँदा दुई देशबीच आर्थिक रूपमा पनि सकारात्मक प्रभाव पर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण