सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र बङ्गलादेशबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्छ ः झाँक्री

शनिबार, २८ माघ २०७९, १९ : १६
शनिबार, २८ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको बताएकी छिन् । विगत लामो समयदेखिको नेपाल बङ्गलादेशबिचको सम्बन्धलाई थप व्यावसायिक तथा सांस्कृतिक आदान प्रदान गर्नुपर्ने समेत उनले बताएकी हुन् ।

अभिवादन एक्सपिडिशन होलिडेजले आयोजना गरेको साउथ एसिया बिजनेस पार्टनरसिप र नेपाल बंगलादेश फ्रेण्डशिप सोसाइटिको कार्यक्रममा पूर्व मन्त्री झाँक्रीले नेपाल बंगलादेशका पुराना सम्बन्धहरूलाई बलियो बनाउनका लागि समुदाय समुदायबीचको साझेदारी गर्दै अगाडी बढ्दा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् । दुई देश बीचको व्यापार साझेदारीका लागि नेपालका विभिन्न कानुन बनाउनुपर्ने र कतिपय कानुन परिमार्जन गर्न आवश्यक रहेको बताइन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष दीपक निरौलाले दुई देश बीचमा आपसी सहकार्य गर्दै समझदारी गरेर विभिन्न काम गर्न सकिने बताए । उनले नेपाल कृषि तथा जडीबुटीको बजार रहेको बताउँदै जडीबुटीलाई बंगलादेशमा बजारीकरण गर्न सकिने धारणा राखे । दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्दै पर्यटकहरुपनि आदान प्रदान गर्न आवश्यक रहेको उनको भनाई थियो ।

साउथ एसिया बिजनेस पार्टनरसिपका अध्यक्ष गोलाम फारुक मजनुले पर्यटन तथा व्यापारिक सम्बन्ध अझ मजबुत बनाउँदा दुई देशबीच आर्थिक रूपमा पनि सकारात्मक प्रभाव पर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप