परिस्थितिलाई सामान्यीकरण गर्न प्रहरीको अनुरोध

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत विशेषज्ञ चिकित्सकमाथि ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि कारबाही प्रक्रिया सुरु गरिएको बताउँदै परिस्थितिलाई सामान्यीकरण गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भइसकेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । प्रहरीबाट अमर्यादित र अव्यवसायिक व्यवहार भएको सन्दर्भमा प्रहरी कर्मचारी र नेपाल चिकित्सक संघ तथा अस्पतालमा कार्यरत चिकित्सक बीच उत्पन्न विवादको घटनाले अत्यन्त संवेदनशील बनाएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी परिसर टेकुका सूचना अधिकृत प्रहरी उपरीक्षक सिताराम रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक एवं सुरक्षाकर्मी बीच अन्योन्याश्रित एवं सन्निकट सम्बन्ध स्थापित भई नागरिकको सुरक्षा र उपचारमा चौबिसै घण्टा खटिने यी दुई जिम्मेवार संस्थाहरूको सम्बन्धमा व्यक्तिका गैरव्यवसायिक कार्यका कारण समस्या उत्पन्न हुनु दुःखद विषय भएकोले संलग्न प्रहरी कर्मचारीलाई व्यवसायिकता, उत्तरदायित्व एवं जबाफदेहिताको कसीमा कारबाहीको प्रक्रिया सुरु भई निलम्बन गरिसकिएकोले संस्थाहरूको विशिष्ट सेवा र पेसागत संवेदनशीलतालाई समेत मध्यनजर गरी समभावका साथ परिस्थितिलाई सामान्यीकरण गर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिएको छ ।’
यता नेपाल चिकित्सक संघले प्रहरीको दुर्व्यहारको विरोधमा माघ २९ गते देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने
-
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल