खानेपानीमन्त्री खाँनद्वारा आयोजनाको निरीक्षण
काभ्रे । खानेपानीमन्त्री अब्दुल खाँनले काभ्रेपलाञ्चोकको पनौतीस्थित नेपाल खानेपानी संस्थानअन्तर्गत ‘मिनरल वाटर’ आयोजनाको आज निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री खाँनले सरकारी खानेपानी आयोजना घाटामा जाँदा देशमा थप आर्थिक भारपर्ने हुँदा नाफामूलक कम्पनीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । “सरकारको लगानीमा रहेका हरेक खानेपानी आयोजना हरेक वर्ष घाटा मात्रै जाँदा अन्य आयोजनाको अवस्था निरूत्साहित हुँदै जान्छन्”, मन्त्री खाँनले निर्देशन दिए ।
साथै, उनले सरकारले उत्पादन गरेको खानेपानीको जार निजी कम्पनीकाभन्दा महँगो हुँदा उपभोगक्तालाई प्रत्यक्ष मार पर्ने भएकाले लागत कम गर्दै उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन् । मन्त्री खाँनले खानेपानी मन्त्रालायबाट यस आयोजनालाई नाफामूलक अवस्थामा लैजानका लागि तत्काल अघि बढ्ने बताए ।
नेपाल खानेपानी संस्थानद्वारा विसं २०७४ देखि सञ्चालित उक्त आयोजनामा उत्पादनको सुरुआतदेखिनै घाटामा सञ्चालन भएको कर्मचारीले जानकारी दिएका छन् । लागतभन्दा उत्पादन कम भएकाले हरेक वर्ष करिब पचास लाख घाटा हुँदै गएको अवस्था रहेकाले उत्पादनमा तदारुकता देखाएकोप्रति स्थानीयवासीले जनगुनासो गर्दै आएका छन् ।
उत्पादित खानेपानीको माग राम्रो भए पनि उत्पादन क्षमता बढाउन नसकेको कम्पनीले हाल दैनिक तीन सय ५० जार मात्र पानी उत्पादन गर्दै आएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण