मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानीमन्त्री खाँनद्वारा आयोजनाको निरीक्षण

शनिबार, २८ माघ २०७९, २१ : १७
शनिबार, २८ माघ २०७९

काभ्रे । खानेपानीमन्त्री अब्दुल खाँनले काभ्रेपलाञ्चोकको पनौतीस्थित नेपाल खानेपानी संस्थानअन्तर्गत ‘मिनरल वाटर’ आयोजनाको आज निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री खाँनले  सरकारी  खानेपानी आयोजना घाटामा जाँदा देशमा थप आर्थिक भारपर्ने हुँदा नाफामूलक कम्पनीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । “सरकारको लगानीमा रहेका हरेक खानेपानी आयोजना हरेक वर्ष घाटा मात्रै जाँदा अन्य आयोजनाको अवस्था निरूत्साहित हुँदै जान्छन्”, मन्त्री खाँनले निर्देशन दिए ।

साथै, उनले सरकारले उत्पादन गरेको खानेपानीको जार निजी कम्पनीकाभन्दा महँगो हुँदा उपभोगक्तालाई प्रत्यक्ष मार पर्ने भएकाले लागत कम गर्दै उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन् । मन्त्री खाँनले खानेपानी मन्त्रालायबाट यस आयोजनालाई नाफामूलक अवस्थामा लैजानका लागि तत्काल अघि बढ्ने बताए ।

नेपाल खानेपानी संस्थानद्वारा विसं २०७४ देखि सञ्चालित उक्त आयोजनामा उत्पादनको सुरुआतदेखिनै घाटामा सञ्चालन भएको कर्मचारीले जानकारी दिएका छन् । लागतभन्दा उत्पादन कम भएकाले हरेक वर्ष करिब पचास लाख घाटा हुँदै गएको अवस्था रहेकाले उत्पादनमा तदारुकता देखाएकोप्रति स्थानीयवासीले जनगुनासो गर्दै आएका छन् ।

उत्पादित खानेपानीको माग राम्रो भए पनि उत्पादन क्षमता बढाउन नसकेको कम्पनीले हाल दैनिक तीन सय ५० जार मात्र पानी उत्पादन गर्दै आएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप