सैनिक शिविरमा गोली चल्दा पाँच सैनिकको मृत्यु
फिलिपिन्स । फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको सेनाले जनाएको छ । हत्याका आरोपित सैनिकको पनि गोली लागी निधन भएको छ ।
घटना दिउँसो १ः १० बजे भएको हो । कागायन डे ओरो शहरको क्याम्प इभान्जेलिस्टा भित्र उक्त घटना भएको हो। कमाण्ड ड्युटी अफिसर आर्मी मेजर एल्डन ब्रिनासका हनुसार चार पीडितको घटनास्थलमै मृत्यु भएको हो ।
शुरुमा गोली हानेपछि बन्दुकधारीले अर्को कोठामा प्रवेश गर्ने प्रयास गरेको तर अन्य सिपाहीहरूले आक्रमणकारीको बन्दुक कब्जा गरेर उसलाई नै गोली हानेको ब्रिनासले उल्लेख गरेका छन् । अधिकारीका अनुसार गम्भीर घाइते सैनिकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहारको घटनाको अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण