शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा लागु औषधका १० मुद्दा दर्ता, ३१ जना पक्राउ

आइतबार, २९ माघ २०७९, ०७ : १२
आइतबार, २९ माघ २०७९

जुम्ला । जुम्लामा लागु औषध प्रयोग र कारोबार बढ्दै गएको छ ।  धेरै जसो लागु पदार्थ भारतको रुपडिहाँ नाकाबाट बाँके, नेपालगन्ज, सुर्खेत हुँदै कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट र मुगु जिल्लामा पुग्ने गरेको पाइन्छ । यो तिन वटै जिल्ला सडक सञ्जालमा जोडिएका छन् ।

भारतको रुपडिहाँमा एक हजार रुपियाँमा खरिद गरेको ब्राउन सुगर जुम्ला, कालिकोट र मुगुमा बिक्री गर्दा २०-३० हजार रुपियाँसम्म विक्री गर्ने गर्दछन् । यसअघि हवाई जहाजमार्फत नेपालगन्जबाट जुम्ला ब्राउन सुगर पुग्ने गरेको पाइएको थियो ।

१५ महिनामा लागु औषधका १० वटा मुद्दा दर्ता हुँदा ३१ जना प्रतिवादी पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । यस अवधिमा ब्राउन सुगर ७९३ दशमलव ९ मिलिग्राम र चरेस ५८० दशमलव ६२ मिलिग्राम बरामद गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप