जुम्लामा लागु औषधका १० मुद्दा दर्ता, ३१ जना पक्राउ
आइतबार, २९ माघ २०७९, ०७ : १२
जुम्ला । जुम्लामा लागु औषध प्रयोग र कारोबार बढ्दै गएको छ । धेरै जसो लागु पदार्थ भारतको रुपडिहाँ नाकाबाट बाँके, नेपालगन्ज, सुर्खेत हुँदै कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट र मुगु जिल्लामा पुग्ने गरेको पाइन्छ । यो तिन वटै जिल्ला सडक सञ्जालमा जोडिएका छन् ।
भारतको रुपडिहाँमा एक हजार रुपियाँमा खरिद गरेको ब्राउन सुगर जुम्ला, कालिकोट र मुगुमा बिक्री गर्दा २०-३० हजार रुपियाँसम्म विक्री गर्ने गर्दछन् । यसअघि हवाई जहाजमार्फत नेपालगन्जबाट जुम्ला ब्राउन सुगर पुग्ने गरेको पाइएको थियो ।
१५ महिनामा लागु औषधका १० वटा मुद्दा दर्ता हुँदा ३१ जना प्रतिवादी पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । यस अवधिमा ब्राउन सुगर ७९३ दशमलव ९ मिलिग्राम र चरेस ५८० दशमलव ६२ मिलिग्राम बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण