अनलाइनमार्फत हुन्डी कारोबार गर्ने आरोपी पुर्पक्षमा
आइतबार, २९ माघ २०७९, ११ : ४५
काठमाडौँ । अनलाइनमार्फत हुन्डी कारोबार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत धनुषाले धनुषा घर भएका उदय चन्द्र यादवलाई थुनामा राख्न आदेश गरेको हो ।
धनुषाको छिरेश्वर नगरपालिका–१ मा रहेको मोर्डन रेमिट्यान्स प्रा.लिका सेयर धनी रहेका यादवलाई केन्द्रीय अनुसन्धान ब्युरोले माघ ११ मा काठमाडौँबाट पक्राउ गरेको थियो । ब्युरोले उनलाई मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको थियो ।
प्रहरीको अनुसन्धानबाट यादवले १७ करोड ६२ लाख हुन्डीको कारोबार गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । सरकारी वकिलले राष्ट्र बैङ्क ऐन–०५८ अन्तर्गत १७ करोड ६२ लाख बिगो मागवादी लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण