शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइनमार्फत हुन्डी कारोबार गर्ने आरोपी पुर्पक्षमा

आइतबार, २९ माघ २०७९, ११ : ४५
आइतबार, २९ माघ २०७९

काठमाडौँ । अनलाइनमार्फत हुन्डी कारोबार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत धनुषाले धनुषा घर भएका उदय चन्द्र यादवलाई थुनामा राख्न आदेश गरेको हो ।

धनुषाको छिरेश्वर नगरपालिका–१ मा रहेको मोर्डन रेमिट्यान्स प्रा.लिका सेयर धनी रहेका यादवलाई केन्द्रीय अनुसन्धान ब्युरोले माघ ११ मा काठमाडौँबाट पक्राउ गरेको थियो । ब्युरोले उनलाई मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको थियो ।

प्रहरीको अनुसन्धानबाट यादवले १७ करोड ६२ लाख हुन्डीको कारोबार गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । सरकारी वकिलले राष्ट्र बैङ्क ऐन–०५८ अन्तर्गत १७ करोड ६२ लाख बिगो मागवादी लिएको थियो ।   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप