जुम्लामा १० शय्याको आँखा अस्पताल निर्माण गर्न पहल गरिँदै
जुम्ला । नेत्र ज्योति संघ जुम्लाले आँखा उपचार केन्द्रलाई स्तर उन्नति गरी चन्दननाथ नेत्र ज्योति संघ आँखा अस्पताल स्थापना गर्न पहल थालेको छ । संघका सभापति धनबहादुर बस्नेतका अनुसार हरेक वर्षको २/३ पटक आँखाको शल्यक्रिया गर्नका लागि शिविर सञ्चालन गर्नु परेको छ । सधैँ बाहिरबाट चिकित्सक ल्याएर शिविर सञ्चालन गर्नु भन्दा दैनिक शल्यक्रिया हुने गरी १० बेडको आँखा अस्पताल नै स्थापना गर्न थालिएको उनले बताए ।
वर्षमा एक पटक मात्रै शिविर सञ्चालन गर्दा ३ सय जनाभन्दा बढीको आँखा शल्यक्रिया र ३ हजार ५ सय भन्दा बढीको आँखा परीक्षण हुने गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका नेपाल नेत्र ज्योति संघ केन्द्रले उपकरण र एक जना चिकित्सक पठाएको छ । ‘चिकित्सकलाई सहयोग गर्ने दुई जना कर्मचारी भर्ना गर्नका लागि स्थानीय सरकार नगर तथा गाउँपालिकासँग सहयोग मागेका छौँ,’ उनले भने, ‘अहिले हामी यहाँका स्थानीय तह चन्दननाथ नगरपालिका, हिमा, सिजा, कनकासुन्दरी, तिला, तातोपानी, पातारासी र गुठीचौर गाउँपालिका जुम्लासँग सहयोगका लागि भेटघाट कार्यक्रम थालिएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण