मौद्रिक नीतिले सेयर बजारमा छायो निराशा : ५० अंक बढीले घट्यो नेप्से सूचक
काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँगै यसको खराब प्रभाव सेयर बजारमा परेको छ । गत शुक्रबार केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो । यसलगत्तै आइतबार खुलेको सेयर बजारमा ५० अंक माथिको गिरावट आएको छ । मौद्रिक नीतिले बैंक ब्याजदरसँगै सेयर धितो (मार्जिन लेन्डिङ) को १२ करोडको सीमा खारेजीको विषयमा कुनै निर्णय नगरेपछि आम लगानीकर्ताहरु निराश बन्न पुगेका हुन् । यसको प्रभाव आइतबारको सेयर बजारमा देखिएको छ ।
यो समाचार तयार पार्दासम्म (दिउँसो २ बजेसम्म) मा नेप्से सूचक झण्ड २.५ प्रतिशत (५२.०६ अंक) ले घट्दै २१ सय ३०.५७ अंकको विन्दुमा झरेको छ । ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ८.६४ अंकले घट्दै ४०६.७८ अंकमा झरेको छ । यसदिन कारोबार रकमसमेत घटेर २ अर्ब ८० करोड रुपैयाँमा झरेको छ । यतिखेरसम्म १३ वटा उपसूचकमा १३ वटै उपसूचक ऋणात्मक हुँदै सेयर बजार नै राताम्मे हुन पुगेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार १२.४३ अंकले नेप्से बढ्दै २१ सय ८२.६१ अंकमा उक्लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण