मौद्रिक नीतिले सेयर बजारमा छायो निराशा : ५० अंक बढीले घट्यो नेप्से सूचक

काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँगै यसको खराब प्रभाव सेयर बजारमा परेको छ । गत शुक्रबार केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो । यसलगत्तै आइतबार खुलेको सेयर बजारमा ५० अंक माथिको गिरावट आएको छ । मौद्रिक नीतिले बैंक ब्याजदरसँगै सेयर धितो (मार्जिन लेन्डिङ) को १२ करोडको सीमा खारेजीको विषयमा कुनै निर्णय नगरेपछि आम लगानीकर्ताहरु निराश बन्न पुगेका हुन् । यसको प्रभाव आइतबारको सेयर बजारमा देखिएको छ ।
यो समाचार तयार पार्दासम्म (दिउँसो २ बजेसम्म) मा नेप्से सूचक झण्ड २.५ प्रतिशत (५२.०६ अंक) ले घट्दै २१ सय ३०.५७ अंकको विन्दुमा झरेको छ । ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ८.६४ अंकले घट्दै ४०६.७८ अंकमा झरेको छ । यसदिन कारोबार रकमसमेत घटेर २ अर्ब ८० करोड रुपैयाँमा झरेको छ । यतिखेरसम्म १३ वटा उपसूचकमा १३ वटै उपसूचक ऋणात्मक हुँदै सेयर बजार नै राताम्मे हुन पुगेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार १२.४३ अंकले नेप्से बढ्दै २१ सय ८२.६१ अंकमा उक्लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममाथिको ३७ संशोधन बहुमतले अस्वीकृत
-
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
-
आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
-
सरकारलाई प्रेस सेन्टरले बुझायो १५ बुँदे ज्ञापनपत्र
-
‘दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा सम्झौता गरिएको छैन, भ्रमपूर्ण विज्ञप्तिबाट सचेत रहनुस्’
-
सरकारी नीतिले समस्यामा बाँसजन्य स्वदेशी उद्योग, के चाहन्छन् उद्योगी ?