नागरिकको गाली सुन्न नसकेर लोगो छोप्नुपर्यो : रघुजी पन्त

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले राष्ट्रपतिको सवारीका कारण उत्पन्न परिस्थितिको जिम्मेवारी राष्ट्रपतिले नभएर प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।
आइतबारको संसद् बैठकमा बोल्दै उनले सरकारको कमजोरीका कारण राष्ट्रपति संस्थाप्रति आक्रोश उत्पन्न भएको र व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताए ।
‘राष्ट्रपतिजी संसद्मा सम्बोधन गरेर फर्किनुभयो । त्यसपछिको सडक जामको विषयलाई लिएर राष्ट्रपति, सरकार र सांसदप्रति गालीगलौज भइरहेको छ । देशभरिबाट आक्रोश व्यक्त भइरहेको छ । यसमा दोष राष्ट्रपतिको होइन, सरकार र सुरक्षा संयन्त्रको हो । यसको सम्पूर्ण जिम्मेवारी सरकारले, प्रधानमन्त्रीले लिनुपर्छ’, पन्तको भनाइ छ ।
सवारी व्यवस्थापनलाई खुकुलो पार्न पटक पटक कुरा उठे पनि सरकारले त्यसलाई बेवास्ता गर्दै आएको पन्तको गुनासो छ । उनले यसपटक राष्ट्रपतिको सवारीका बेला आफै पनि जाममा परको बताए ।
‘यसपटक म आफैं पनि एक घण्टा जाममा परेँ । त्यतिञ्जेल सयौँ एम्बुलेन्स पनि जाममा परे, ती एम्बुलेन्समा कस्ता बिरामी थिए ? कत्तिको त जीवन पनि खतरामा प¥यो होला,’ उनले भने, ‘भीडमा नागरिकको गाली सुन्न नसकेर मैले लोगो छोप्नुप¥यो, मुखमा मास्क लगाउनुप¥यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने