आयात प्रतिबन्धले राजस्व घट्यो : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयात प्रतिबन्धको नीतिले सरकारको राजस्व घटेको बताएका छन् ।
आइतबार संघीय संसदमा आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन पेस गर्दै पौडेले भने, ‘आयात नियमनको असर, आर्थिक गतिविधिमा आएको सुस्त लगायत विविध कारणले राजस्वको वृद्धिदर नकारात्मक हुन गई सरकारी वित्त सन्तुलनमा चर्को दबाब परेको छ ।’
कोभिड–१९ बाट सिर्जित विश्व आर्थिक मन्दी, रुस युक्रेन युद्धको प्रभावका कारण समेत नेपालको अर्थतन्त्र खस्किएको अर्थमन्त्री पौडेलले बताए ।
जसले गर्दा सरकारले खर्च कटौतीसँगै चालु आर्थिक वर्षको बजेट समेत घटाउनुपरेको बताए ।
सरकारले आर्थिक वर्षको विनियोजित बजेटबाट १४ प्रतिशत अर्थात् २ खर्ब ४४ अर्ब कटौती गर्दै आर्थिक वर्षको बजेट १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरेको छ । चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट