आयात प्रतिबन्धले राजस्व घट्यो : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयात प्रतिबन्धको नीतिले सरकारको राजस्व घटेको बताएका छन् ।
आइतबार संघीय संसदमा आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन पेस गर्दै पौडेले भने, ‘आयात नियमनको असर, आर्थिक गतिविधिमा आएको सुस्त लगायत विविध कारणले राजस्वको वृद्धिदर नकारात्मक हुन गई सरकारी वित्त सन्तुलनमा चर्को दबाब परेको छ ।’
कोभिड–१९ बाट सिर्जित विश्व आर्थिक मन्दी, रुस युक्रेन युद्धको प्रभावका कारण समेत नेपालको अर्थतन्त्र खस्किएको अर्थमन्त्री पौडेलले बताए ।
जसले गर्दा सरकारले खर्च कटौतीसँगै चालु आर्थिक वर्षको बजेट समेत घटाउनुपरेको बताए ।
सरकारले आर्थिक वर्षको विनियोजित बजेटबाट १४ प्रतिशत अर्थात् २ खर्ब ४४ अर्ब कटौती गर्दै आर्थिक वर्षको बजेट १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरेको छ । चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण