सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु

आइतबार, २९ माघ २०७९, १८ : १६
आइतबार, २९ माघ २०७९

सुर्खेत । सुर्खेतमा बसले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । 

सुर्खेत बसपार्कमा बसको ठक्करबाट अन्दाजी ६२ वर्षीय महिलाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार बा४ख ८०६१ नम्बरको बसले २ बजेको समयमा उनलाई ठक्कर दिएको थियो । 

उनका अनुसार बस चालक भने फरार भएका छन् ।  बस नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । फरार चालकको खोजीकार्य भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप