ओलीजी राप्रपा र स्वतन्त्र पार्टीको ढाल बनेर निस्कनु भयोः घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओली राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको बचाउमा ढाल बनेर निस्केको बताएका छन्।
एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चको भर्चुअल बैठकलाई आज सम्बोधन गर्दै उनले ओली प्रवृत्तिको आलोचना गरेका हुन् ।
सो क्रममा उनले राष्ट्रिय पूँजीको विकास नै आजको मुख्य कार्यभार रहेको उल्लेख गर्दै त्यसका लागि विचार मिल्ने वाम पार्टीहरूको एकता गर्ने पार्टीको लाइन रहेको बताए।
पार्टी सानो भयो भनेर मन खिन्न पार्न जरुरी नरहेको उल्लेख गर्दै उनले नेतृत्व भने सही हुनुपर्ने बताए । उनले नेतृत्व खराब हुँदा ठूलो पार्टी भएर पनि नेकपा विघटन भएको नमिठो अनुभव आफूहरुसँग रहेको बताए ।
प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहको अध्यक्षतामा भएको बैठकमा अमेरिका,अस्ट्रेलिया, युरोप, खाडी र एसिया प्यासिफिक क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण