सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक छैन : गभर्नर अधिकारी

आइतबार, २९ माघ २०७९, १९ : ०७
आइतबार, २९ माघ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक नरहेको बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिबद्ध रहेको भन्दै कहिल्यै पुँजी बजारप्रति नकारात्मक नभएको बताए ।   

गभर्नर अधिकारीले शेयरबजार बढ्नु र कहिले काहीँ घट्नु स्वभाविक भएको बताए । उनले पुँजीबजार हेर्ने छुट्टै केन्द्रीकृत नियमन निकायहरु भएको बताउँदै धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्ने बताए । उनले राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको स्पष्ट पारे । उनले नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएकाले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको नियमनको कारणले प्रभाव परेको हुनसक्ने बताए । उनले राष्ट्र बैंकको इच्छा अनुसार पुँजीबजारलाई असर पर्ने नीति नलिएको भन्दै राष्ट्र बैंक जहिले पुँजीबजारको प्रोस्पर चाहेको बताए ।  

उनले राष्ट्र बैंक बैंकहरुसँग भएको पँुजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नेगरी नीति लिएकाले प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा नबोलेको बताए । उनले शेयर बजारको शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा नलिन आग्रह गरे । उनले विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नको लागि आयात प्रतिबन्धको नीति लिएको भन्दै सहज भएसँगै खुल्दै गरेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप