राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक छैन : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक नरहेको बताएका छन् ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिबद्ध रहेको भन्दै कहिल्यै पुँजी बजारप्रति नकारात्मक नभएको बताए ।
गभर्नर अधिकारीले शेयरबजार बढ्नु र कहिले काहीँ घट्नु स्वभाविक भएको बताए । उनले पुँजीबजार हेर्ने छुट्टै केन्द्रीकृत नियमन निकायहरु भएको बताउँदै धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्ने बताए । उनले राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको स्पष्ट पारे । उनले नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएकाले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको नियमनको कारणले प्रभाव परेको हुनसक्ने बताए । उनले राष्ट्र बैंकको इच्छा अनुसार पुँजीबजारलाई असर पर्ने नीति नलिएको भन्दै राष्ट्र बैंक जहिले पुँजीबजारको प्रोस्पर चाहेको बताए ।
उनले राष्ट्र बैंक बैंकहरुसँग भएको पँुजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नेगरी नीति लिएकाले प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा नबोलेको बताए । उनले शेयर बजारको शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा नलिन आग्रह गरे । उनले विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नको लागि आयात प्रतिबन्धको नीति लिएको भन्दै सहज भएसँगै खुल्दै गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण