बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौं : अर्थमन्त्री पौडेल

आइतबार, २९ माघ २०७९, १९ : १९
आइतबार, २९ माघ २०७९

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताएका छन् ।  आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय देखिएका अर्थतन्त्रका चुनौतीलाई बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी समाधान गर्ने बताएका हुन् । 

उनले नेपालको अर्थतन्त्रमा संरचनागत चुनौती,विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा वर्तमान अर्थतन्त्रका समस्याहरूको समाधान खोज्नुपर्ने अवस्था रहेको बताए । अर्थमन्त्री पौडेलले अर्थतन्त्रको चुनौतीहरूको सूक्ष्म विश्लेषण गरी ठोस कदम चाल्नुपर्ने भन्दै टालटुले समाधानले समस्या समाधान नहुने दाबी गरे ।  

अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सुधारको आगामी यात्राको सुरुवात बजेट सन्तुलन कायम गर्ने र खर्च गुणस्तर बढाएर गरिने बताए । उनले सरकारले सार्वजनिक ऋणलाई धान्नसक्ने ठाउँमा राख्नु चुनौती रहेको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप