आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछिकै  नकारात्मक : अर्थमन्त्री पौडेल

आइतबार, २९ माघ २०७९, २० : ०३
आइतबार, २९ माघ २०७९

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक नकारात्मक रहेको बताएका छन् । 

आइतबार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजश्व संकलनको वास्तविकतालाई सरकारले स्वीकार गर्नुपर्ने बताए ।   

अर्थमन्त्री पौडेलले स्रोत परिचालन र खर्च व्यवस्थापनको सरकार अत्यन्तै ठूलो दबाबमा रहेको बताए । उनले राजश्व संकलनमा २०७९ पुस सम्मको लक्ष्य ६ खर्ब ५१ अर्ब ६२ करोड रहेकोमा लक्ष्यको तुलनामा २४.८ प्रतिशतले कम अर्थात ४ खर्ब ९० अर्ब ४ करोड मात्रै संकलन भएको बताए ।   

मन्त्री पौडेलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा राजश्व संकलन १५ प्रतिशतले घटेको पनि उल्लेख गरे ।  

उनले राजश्व परिचालनमा धेरै पछाडि परेकोले राजश्व परिचालनमा ठूलो दबाबमा सरकार रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप