विवादले घेरिएको सिटीको सहज जीत

म्यानचेस्टर । साबिक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई हराउँदै शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी घटाएको छ । प्रिमियर लिगले विभिन्न १ सय वटा नियम तोडेको आरोप लगाएपछि विवादमा रहेको सिटीले ३–१ गोलको सहज जीत हासिल गरेको हो ।
सिटीले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । खेलको चौथो मिनेटमा नै रोड्रीले सिटीलाई अग्रता दिलाए । ३९ औँ मिनेटमा अर्लिङ हालान्डको पासमा इल्के गुन्डोगानले टोलीको अग्रता दोब्बर बनाए । ज्याकब रामसेले ज्याक ग्रिलिसलाई बक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पायो । जसलाई रियाद महारेजले सजिलै गोलमा परिणत गरे ।
दोस्रो हाफमा बर्नार्डो सिल्भाको गल्तीको फाइदा उठाउँदै ओली वाटकिन्सले भिल्लाका लागि एक गोल फर्काए पनि उक्त गोल सान्तवना गोलमात्र बन्न पुग्यो । २२ खेलपछि सिटी ४८ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनलको ५१ अङ्क रहेको छ । भिल्ला भने २८ अङ्कसहित लिगको ११ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऊनको स्वीटर’ मेरो टप फाइभ फिल्ममा पर्छ – विपिन कार्की
-
पारिवारिक कारणले होइन, प्रतिबन्धित औषधि सेवनका कारण आइपीएल छाडेर स्वदेश फर्किएका थिए कागिसो राबडा
-
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
-
पाकिस्तानले किन डाक्यो राष्ट्रिय सभाको विशेष सत्र ?
-
अस्ट्रेलियामा चुनावको शैली
-
सरकारले समयमा निर्णय नगर्दा प्रश्नको भारी बोक्नुपर्यो ः महामन्त्री थापा