विवादले घेरिएको सिटीको सहज जीत
म्यानचेस्टर । साबिक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई हराउँदै शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी घटाएको छ । प्रिमियर लिगले विभिन्न १ सय वटा नियम तोडेको आरोप लगाएपछि विवादमा रहेको सिटीले ३–१ गोलको सहज जीत हासिल गरेको हो ।
सिटीले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । खेलको चौथो मिनेटमा नै रोड्रीले सिटीलाई अग्रता दिलाए । ३९ औँ मिनेटमा अर्लिङ हालान्डको पासमा इल्के गुन्डोगानले टोलीको अग्रता दोब्बर बनाए । ज्याकब रामसेले ज्याक ग्रिलिसलाई बक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पायो । जसलाई रियाद महारेजले सजिलै गोलमा परिणत गरे ।
दोस्रो हाफमा बर्नार्डो सिल्भाको गल्तीको फाइदा उठाउँदै ओली वाटकिन्सले भिल्लाका लागि एक गोल फर्काए पनि उक्त गोल सान्तवना गोलमात्र बन्न पुग्यो । २२ खेलपछि सिटी ४८ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनलको ५१ अङ्क रहेको छ । भिल्ला भने २८ अङ्कसहित लिगको ११ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण