ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर भूकम्प
सोमबार, ०१ फागुन २०७९, ११ : ०१
ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु भएर आज विहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।
ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए ।ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण