विजय जनताकै हुनेछ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वामपन्थी देशभक्त एक भएर दलाल पँुजीवादको अन्त्य गर्नुपर्ने बताएका छन् । २८ औं जनयुद्ध दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपूर्ण पर्व भएको दावी गरेका छन् ।
‘जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो । किसान, मजदुर, महिला श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुश्लिम सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित गर्यो र एकस्तरको मुक्ति दिलायो । हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर वैज्ञानिक समाजवादतिर अगाडि बदन चाहन्थ्यौं तर भूमण्डलीकृत पूँजीवाद, दलाल पूँजीवाद र संशोधनवादा पहयन्त्रका कारण हाम्रो त्यो लक्ष्य पुरा हुन पाएन’, विप्लवले भनेका छन् ।
त्यस्तै उनले देशले आज भयानक संकटको समाना गर्नु परिरहेको भन्दै यसको मूल कारण जनताको हातमा सत्ता पुग्न नसक्नु अर्थात वैज्ञानिक समाजवाद स्थापना हुन नसकेकाले हो भनेका छन् । ‘देशको कंगालीकरण, नवऔपनिवेशिक अवस्था र अराजकता अग्रगामी निकास पनि दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना गर्नु हो । तसर्थ सम्पूर्ण कम्युनिस्ट, बामपन्थी, प्रगतिशील, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरु एक भएर देशलाई परिवर्तनतिर अगाडि बढाउन एकताबद्ध बनौं’, महासचिव विप्लवको आह्न छ ।
उनले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमार्फत देशलाई निकास दिन सकिने भन्दै सबै क्रान्तिकारीहरुलाई एकताबद्ध गर्दै विचार मिल्नेसँग एकता र मुद्दा मिल्नेसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन् । ‘नेपाललाई दलाल पूँजीवादी सत्ता र भूमण्डलीकृत साम्राज्यवादको प्रभुत्व र उत्पीडनबाट मुक्त गराई छोडिने छ । पुँजीवादीहरुले जति नै षड्यन्त्र गरे पनि विजय जनताको नै हुने छ’, विप्लवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण