सहिद,वेपत्ता घाइते योद्धाहरुको योगदानको उच्च सम्मान गर्दछु : बादल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध दिवसको उपलक्ष्यमा सहिद, वेपत्ता, घाइते अपाङ्गहरुको योगदानको स्मरण गर्दै उच्च सम्मान गर्ने बताएका छन् । एमाले उपाध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिएका हुन् ।
‘२८औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिका लागि आफ्नो प्राणको आहुति दिनुहुने महान सहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, ‘लेखेका बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान ब्यक्त गर्दछु । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’
एमाले उपाध्यक्ष थापा माओवादीमा हुँदा १० वर्षे जनयुद्धमा सहभागी सशक्त भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण