तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको आतंक छ : विप्लव
काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको चर्को ब्याजको आतंक भएको टिप्पणी गरेका छन् ।
जनयुद्ध दिवसको उपलक्ष्यमा भिडियो सन्देश दिँदै विप्लवले शासकहरू कुर्सीको झगडामा लिप्त हुँदा नेपाली जनता संकटै संकटमा बाँच्न बाध्य भएको बताएका हुन् ।
देशमा राजनीतिक संकट गहिरिँदै जाँदा साम्राज्यवादी र नवउपवेशिक बढ्दै गएको विप्लवले बताए ।
‘देशमा आर्थिक संकट बढ्दै छ । नेपाली जनता विभिन्न खालका संकटबाट तड्पी रहेका छन् । आजपनि एक छाक खान एक सरो लुगा लगाउन र बस्ने बासको निम्ति लाखौँ लाख जनता तड्पी रहेका छन्’ विप्लवले भने, ‘तपाईँमा मिटर ब्याजीको आतंक छ । पहाडमा लघुवित्त, सहरमा सहकारी र बैंकको चर्को ब्याजबाट नागरिक छटपटाइ रहेका छन् ।’
आर्थिक संकट गहिरिँदै जाँदा उद्योगी व्यापारी समेत पलायन हुने अवस्थामा पुगेको विप्लवले बताए ।
‘राज्य सञ्चालकहरू कुर्सीमा लिप्त छन् । संसदवादी दलहरु कुर्सीको झगडामा व्यस्त छन् । नेपाली जनताको समस्याप्रति बेप्रवाह छन् । यो समस्यालाई अपव्याख्या गरेर उल्टोतिर प्रचारगरी रहेका छन्’ उनले भने, ‘आजको संकटको केही पार्टी र नेताहरूको मात्रै होइन । यस्तो हुनमा दलाल पुँजीवादी राज्य सत्ताको हो । संसदीय व्यवस्था हो ।’
देशमा बेरोजगारी बढ्दै जाँदा कलेज र विश्वविद्यालयका युवाहरू विदेश पलाउन हुने गरेको विप्लवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण