आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडालाई व्यवस्थित सहरको रूपमा विकास गरौं : प्रदेश प्रमुख शर्मा

सोमबार, ०१ फागुन २०७९, १४ : ४४
सोमबार, ०१ फागुन २०७९

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मध्यबिन्दुमा रहेको हेटौंडा उपमहानगरपालिकालाई व्यवस्थित सहरको रूपमा विकास गर्न सुझाव दिएका छन् ।

उपमहानगरपालिकाको ५४ आंै स्थापना दिवसलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको विकास मोडल देशभर पुग्न आवश्यक रहेको बताएका हुन् ।

उनले चारैतिरबाट सडक सञ्जालले जोडिएको हेटौंडा आउने र जानेले हेटौंडाको अनुसरण गर्ने भन्दै उनले सहरलाई व्यवस्थित बनाउन जोड दिए ।

२०४८ सालको परिवर्तनपछि नगरको विकास सुरु भएपनि प्राप्त विकास हुन नसकेको तर्फ ध्यान दिन उनले जोड दिए ।  उनले राजमार्गको बिस्तार र सुधारको कार्यमा ध्यान दिन सबैलाई आह्वान गरे ।

कार्यक्रममा पूर्व नगर प्रमुख डोरमणि पौडेलले हेटौंडाले दिने सकारात्मक सन्देश मुलुकको सबै भागमा पुगेको बताए । हरित र सुन्दर सहरको रूपमा रहेको हेटौंडालाई प्रदेशको राजधानी सहरको रूपमा चिनाउन आवश्यक रहेका बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले नगरको विकासका लागि सबैको भूमिका आवश्यक रहको बताइन् । उनले बजारको सौन्दर्य बढाउन २५ मिटर बाटो विस्तार जरुरी रहेको भन्दै यस तर्फ संघ, प्रदेश सरकार र स्थानीय दलहरूले एक मत हुन आवश्यक रहेको बताइन् । उनले पर्याप्त गुणस्तरीय पूर्वाधार सहितको सफा हेटौंडा स्वास्थ्य हेटौंडाको अभियानमार्फत नगरवासीहरूको सहभागितामा स्वच्छ सृजनशील समृद्ध औद्योगिकनगरको परिकल्पनासहित मुलुककै उत्कृष्ट सहर निर्माणमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताइन् ।

पूर्व नगर प्रमुखसहित २३ जनालाई सम्मान

उक्क समारोहमा हेटौंडा उपमहानगरपालिकाले २३ जनालाई सम्मानित गरेको छ । हेटौंडाको विकासमा सघाउ प¥याएको भन्दै उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको हो ।

उपमहानगरपालिकाले हेटौंडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणि पौडेल र निरशंकर श्रेष्ठ, संघीयता कार्यान्वयन पछिको पहिलो नगर प्रमुख हरिबहादुर महतलाई सम्मान गरेको हो । 

नगरपालिकाको स्थापनादेखि नगरको विकास र जनमानस बीचमा नगरलाई पु¥याउन भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो । त्यस्तै उपमहानगरपालिकाले हेटौंडा नगरपालिकाका संस्थापक नगर प्रमुख वासुदेव रिजाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको छ ।

उपमहानगरपालिकाले नगरको विकासमा योगदान पु¥याएको मुल्याङकन गर्दै पत्रकारीता क्षेत्रतर्फ गोरखापत्र दैनिकका राममणी दाहाल, शिक्षातर्फ डेण्टीजंग शाह, वातावरण तर्फ श्याम प्रसाद श्रेष्ठ, खेलकुदतर्फ फुटबलकी पेमा डोल्मा लामा, सामाजिक क्षेत्र तर्फ चन्द्रबहादुर घलान, हिरादेवी दाहाल, साहित्यतर्फ तुल्सी थापा, स्वास्थ्यतर्फ वेला तुलाधर वैद्य, धार्मिक तर्फ इश्वरी प्रसाद न्यौपाने, इतिहास खोजकर्ता तर्फ केदार प्रसाद न्यौपाने र शिक्षामा पहिलो महिला प्रधानाध्यापक बेली थापालाई सम्मान गरेको छ ।

त्यसैगरी २०२६ सालमा तत्कालीन नगरपञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्ने पुष्पहरी जोशी, गोपालशर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरेको छ भने तत्कालिन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोप्रान्त सम्मान गरिएको छ ।

तत्कालीन उपप्रधानपञ्च तिलक प्रसाद दुलाल, शम्भुप्रसाद भट्टराईलाई सम्मान गरेको छ भने भिमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौंडा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै तत्कालीन मकवानपुर जिल्ला पञ्चायतका पहिलो महिला सभापति ओमू टेम्पा लामालाई सम्मान गरेको छ ।

उपमहानगरपालिकामा कार्यरत २५ वर्ष सेवा अवधि पुरा गरेका ३८ कर्मचारीलाई दीर्घ सेवा पदक, नगद २५ हजार राशिसहित वारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्य निष्ट र ९ जना उत्कृष्ट कर्मचारीलाई नगद ७५ हजार रुपियाँ सहित सम्मान गरेको छ ।

स्थापना दिवस पारेर हेटौंडा नगर पञ्चायतका पहिलो नगर प्रमुख स्वर्गीय वासुदेव रिजालको संगम चोकमा रहेको अर्घकदको प्रतिमा उपमहानगरको प्राङगढमा स्थानान्तरण गरी अनावरण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप