पर्याप्त मात्रामा आयोडिनयुक्त नुन नखाँदा स्वास्थ्यमा यस्ता हुन्छन् समस्या
काठमाडौँ । शरीरमा आयोडिनको मात्रा पुगेन भने स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखा पर्छन् । नुन शरीरलाई दैनिक रूपमा नभई नहुने पोषक तत्त्व हो । उसो त नेपालमा अझै ढिके नुन विक्री गर्नेहरु पनि छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आयोडिनयुक्त नुनबारे जान्नै पर्ने कुराहरू निम्नानुसार छन्–
–ढिके वा खुला रूपमा विक्री वितरण गरिने नुनमा मानिसको शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने आयोडिन मात्रा नहुन सक्छ ।
–दुई बालबालिका चिन्ह भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाइएको हुन्छ । यो चिन्ह नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सही मात्रामा आयोडिन भएको नुनलाई दिने प्रमाणित चिन्ह हो ।
–वयस्कहरूले दैनिक रूपमा ५ ग्राम भन्दा कम नुनको प्रयोग गर्नुपर्दछ । बालबालिका १२ महिना पुरा भएपछि बढीमा २ ग्राम नुन दिनभरिको खानामा प्रयोग गर्नुपर्दछ ।
–आयोडिनयुक्त नुनलाई हावा नछिर्ने भाँडामा राख्नुपर्छ । घाम र पानीले असर गर्ने ठाउँमा राख्नुहुँदैन ।
पर्याप्त मात्रामा आयोडिन नपाउँदा हुन सक्छन् निम्न असर-
–गलगाँड आउने
–गर्भावस्थामा समस्या देखिने गर्भ तुहिने वा मृत शिशु जन्मने हुन सक्छ
–मानसिक र बौद्धिक क्षमतामा कमी आउने
–शिशुको दिमागको विकास राम्रोसँग नभई जन्मने
–सुस्तमनस्थिति हुने बौद्धिक क्षमता कमी हुने
–काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण