बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पर्याप्त मात्रामा आयोडिनयुक्त नुन नखाँदा स्वास्थ्यमा यस्ता हुन्छन् समस्या

सोमबार, ०१ फागुन २०७९, १५ : ५६
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । शरीरमा आयोडिनको मात्रा पुगेन भने स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखा पर्छन् । नुन शरीरलाई दैनिक रूपमा नभई नहुने पोषक तत्त्व हो । उसो त नेपालमा अझै ढिके नुन विक्री गर्नेहरु पनि छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आयोडिनयुक्त नुनबारे जान्नै पर्ने कुराहरू निम्नानुसार छन्–

–ढिके वा खुला रूपमा विक्री वितरण गरिने नुनमा मानिसको शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने आयोडिन मात्रा नहुन सक्छ ।

–दुई बालबालिका चिन्ह भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाइएको हुन्छ । यो चिन्ह नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सही  मात्रामा आयोडिन भएको नुनलाई दिने प्रमाणित चिन्ह हो ।

–वयस्कहरूले दैनिक रूपमा ५ ग्राम भन्दा कम नुनको प्रयोग गर्नुपर्दछ । बालबालिका १२ महिना पुरा भएपछि बढीमा २ ग्राम नुन दिनभरिको खानामा प्रयोग गर्नुपर्दछ ।

–आयोडिनयुक्त  नुनलाई हावा नछिर्ने भाँडामा राख्नुपर्छ । घाम र पानीले असर गर्ने ठाउँमा राख्नुहुँदैन ।

पर्याप्त मात्रामा आयोडिन नपाउँदा हुन सक्छन् निम्न असर-

–गलगाँड आउने

–गर्भावस्थामा समस्या देखिने गर्भ तुहिने वा मृत शिशु जन्मने हुन सक्छ

–मानसिक र बौद्धिक क्षमतामा कमी आउने

–शिशुको दिमागको विकास राम्रोसँग नभई जन्मने

–सुस्तमनस्थिति हुने बौद्धिक क्षमता कमी हुने

–काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप