बालाजु घटना : मोबाइल पसल लुटबारे मुचुल्का गरिँदै
काठमाडौँ । बालाजुस्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरुले गरेको प्रदर्शनको क्रममा एउटा समूहले मोवाइल पसल लुटेर भागेको थाहा भएको छ । घटनास्थलको भिडियो दृश्यअनुसार ल्होत्से मलमा सञ्चालित मोवाइल पसल लुटेको देखिएको छ ।
त्यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ । मोवाइल लुटिएको घटनाबारे अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी सिताराम रिजालले रातोपाटीलाई बताए । प्रहरी उपरीक्षक रिजालले भने– ‘मुचुल्का टोली गएको छ, अनुसन्धान हुन्छ ।’
प्रदर्शनमा सहभागी १० जना यातायात मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना मागबारे जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा नयाँ बसपार्कको ठेकेरदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर सहितले आक्रमण गरेपछि ‘भिडन्त’ भएको यातायात मजदुरहरुले दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण